बाँकेका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

सुर्खेत – बाँके स्थायी ठेगाना भएका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत बस्दै आएका बैजनाथ गाउँपालिका–१ ति पुरुषको आज विहान मृत्यु भएको हो ।

श्वासप्रसासमा समस्या आएपछि कार्तिक २६ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही दिन जिन एक्सपर्ट विधिबाट निजको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रदेश अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको कँडेलको भनाई छ ।

प्रोटोकल अनुसारको उपलव्ध सबै उपचार गरिएपनि बचाउन नसकिएको कँडेलले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले तयारी गरिरहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।