कोरोनाका कारण दैलेखमा एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत–कोविड १९ का कारण दैलेखको दुल्लु नगरपालीका ७ का ३५ वर्षीया पुरुषको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय कणाली प्रदेशले मृत्यु भएको पुष्टी गरेको छ । यो संगै नेपालमा कोविड १९ का कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । क्वारेन्टाइनमा रहेका ति युवको शनिवार बिहान मृत्यु भएको थियो । उनको स्वाव परिक्षणकोलागि कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । प्रतिष्ठानको ल्यावमा परिक्षण गर्दा कोविड १९ पोजेटीभ आएको हो । यस अघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाके नरैनापुरका २५ वर्षीया युवा, गुल्मीका ४२ वर्सिया युवा, विरगञ्जको नेस्नेल मेडिकल कलेजमा ७५ वर्षया पुरुषको कोविड १९ संक्रमणका कारण मृत्यु भएको छ । त्यसैगरी भारतबाट आएका एक युवा र दैलेखमा क्वारेन्टाइनमा रहेका समेत गरी नेपालमा कोभिड पुष्टी भएर मृत्यु हुनेको संख्या ७ पुगेको हो ।