दैलेखको एकै नगरपालीकामा थपिए १४ कोरोना संक्रमित

सुर्खेत–कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याव परिक्षणका क्रममा दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखीएको छ । शुक्रवार परिक्षणको क्रममा संक्रमण पुष्टी हुनेमा सबै नारायण नगरपालीकाका रहेका छन् । संक्रमति हुनेमा सबैजना पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । बिहिवार पोजेटीभ देखिनेमा नारायण नगरपालीका ९ का ५० २३ वर्षीया पुरुष, ४ नम्बर वडाका २८, २५ र ३५ वर्षीया, वडा नं. ६ का ४१ वर्षीया, वडा नं. ३ का ३० वर्षीया, वडा नम्बर १० का १७ र २२ वर्षीया पुरुष रहेका छन् । त्यस्तै वडा नं दुइका २१ वर्षीया, वडा नम्बर ८ का २० वर्षीया दुइ जना र वडा नम्बर ११ का १८ र २७ वर्षिय पुरुष संक्रमित भएका हुन् ।