एक हजार ४७७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ४७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ छ ।

पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।