सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक ( भिडियाे सहित )

 

काठमाडौ – तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समावेश गरि बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’ को शब्द तथा दीपक शर्माको संगीत छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा सचिनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीतमा डान्सिङ्ग ग्रुप द कार्टुन क्रुको अभिनय देख्न सकिन्छ । सरोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा पवन सुशलिगको छायाँकन तथा सम्पादन रहेको छ ।