बेलायतमा २४ घन्टाभित्र थप ४६२ कोरोना संक्रमितको मृत्यु

लन्डन – पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।