छिल्लो २४ घण्टामा कर्णालीमा ८५ जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णालीमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १४, दैलेख अस्पतालमा एक र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिमका सातजनामा कोरोना भाइरस पुष्टि भएको हो ।

स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा ३०, सुर्खेतमा २२, जुम्लामा १०, रुकुम पश्चिममा ६, दैलेखमा पाँच, कालीकोटमा एक र अन्य प्रदेशका ११ जनामा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै कर्णालीमा ६ हजार चार सय ३१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।