धनुषा – जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।
एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एक युवकले एसिड प्रहार गरेका छन् ।
आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरि पक्राउ गरेको प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिए । उनले एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको बताए । (रातोपाटी )