लगातार तेस्रो जितको खोजीमा लिभरपुल

काठमाडौं – प्रिमियर लिग क्लब लिभरपुलले आज (मंगलबार) राति इटालियन सिरी ए क्लब एटलान्टाको सामना गर्दै छ । एटलान्टाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेल खेलेको लिभरपुलले दुवै खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा छ । समूह डीमा रहेको लिभरपुल लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

लिभरपुल एटलान्टलाई उसैको घरेलु मैदानमा पराजित गर्दै समूहको शीर्ष स्थानमा फराकिलो अन्तर बनाउन चाहन्छ । यता एटलान्टा भने दोस्रो जितको खोजीमा छ । सुरुवाती दुई खेलमा एक खेल बराबरी र एक खेलमा हार व्यहोरेको एटलान्टा घरेलु मैदान लिभरपुललाई पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

तर, लिभरपुललाई पराजित गर्न एटलान्टालाई त्यति सजिलो भने हुने छैन । लिभरपुलले पछिल्ला पाँच खेल खेल्दा कुनै खेलमा हार व्यहोरेको छैन । पछिल्ला पाँच खेलका लिभरपुलले एक बराबरी खेल्दा चार खेलका जित निकालेको छ ।

त्यस्तै एटलान्टाले भने पछिल्ला पाँच खेलमध्यमा दुई खेलमा मात्र जित निकालेको छ । पछिल्ला पाँच खेलका एटलान्टाले दुई खेलमा हार र एक खेल बराबरी खेलेको छ ।