तेक्वान्दोकी अन्तर्राष्ट्रिय प्रशिक्षक नन्दा बस्याल सम्मानित


सुर्खेत – बागीना समूहकी कलाकार तथा तेक्वान्दोकी अन्तर्राष्ट्रिय प्रशिक्षक नन्दा बस्याललाई बागीना

समूह र बागीना सहकारी संस्थाले संयुक्त रुपमा सम्मानित गरेको छ ।

बडादशैंको अवशर पारि बागीनाले बरिष्ठ कलाकारहरुको उपस्थितीमा हालै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्यमा नियुक्त भएको खशीयालीमा बस्याललाई बधाई तथा सम्मान प्रदान गरेको हो ।

बागीनाबाट कलाकारिता जगतमा स्थापित भई राष्ट्रिय रुपमैं चर्चित पहिचान गराउन सफल बस्याललाई बरिष्ठ कलाकार एवं संगीतकार गंगा केसी, कुलमान नेपाली, सुन्दरमान श्रेष्ठ, ज्ञानबहादुर नेपाली, भानुभक्त अधिकारी, मिलन सुवेदी, दिलबहादुर गुरुङ्ग, सीता भण्डारी, शिव संगीत, नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।

बागीना समूहका बरिष्ठ कलाकारहरु गंगा केसी, कुलमान नेपाली, ज्ञानबहादुर नेपाली, नन्दा बस्याल, शिव संगीत, मिलन सुवेदी लगायत कलाकारहरु ।
कोरोना भाइरसको महामारीको बेलामा स्वास्थ्य सावधानी अपनाएर सामाजिक दुरी कायम गरी बागीनाकी कलाकारलाई सम्मान गरिएको र यो सवै कलाकारका लागि खुशीको कुरा रहेको बागीना सहकारीका अध्यक्ष समेत रहेका समूहका सल्लाहकार गंगा केसीले बताए ।

कलाकार र खेलाडीले नै देशलाई चिनाउने भएकाले राज्यले उनीहरुलाई उचित स्थान दिनुपर्नेमा बरिष्ठ नृत्य निर्देशक एवं बागीना समूहका उपाध्यक्ष कुलमान नेपालीले जोड दिए । आँफुले नै नृत्य सिकाएकी चेली राखेप सदस्य जस्तो गरिमामय पदमा पुग्नु बागीना र सबै कलाकार तथा खेलाडीको लागि खुशीको कुरा रहेको उनको भनाई थियो ।

‘मैले बागीनाकै कलाकारको हैंसियतमा आप्mनो पहिचान बनाउन सकें र यसैमा मलाई गर्ब छ’, कलाकार एवं राखेप सदस्य बस्यालले भनिन, ‘कर्णालीबाट मैले प्रतिनिधित्व गर्ने अवशर पाएकाले यहाँको खेल जगतलाई पनि उकास्ने छु ।’

नृत्य र अभिनय बिधामा समेत अब्बल रहेकी बस्यालले थुप्रै म्युजिक भिडियोमा मोडलिङ र हाँस्य सिरियलहरुमा अभिनय गरेकी छन् ।