सल्यान – जिल्ला प्रशासन कार्यालय सल्यान एक साताका लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि कात्तिक २० गतेसम्मका लागि सबै सेवा बन्द गरिएकाे हो ।
कार्यालयका दुइ जना कर्मचारीलाइ काेराेना पुष्टि भएकाे सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए । उनकाअनुसार काेराेना पुष्टि भएका कर्मचारीकाे कन्ट्याक्ट ट्रेसिङमा परेका १५ जना कर्मचारीकाे स्वाब आज संकलन गरेर परीक्षणको लागि पठाइएको छ ।
अरु कर्मचारी र सेवाग्राहीमा कोरोना संक्रमणको जोखिम देखिएपछि सेवा प्रवाह बन्द गरिएको लामिछानेकाे भनाइ छ ।
एक सातासम्म शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अति आवश्यक काम मात्र सञ्चान गरिने लामिछानेको भनाई छ । सल्यानमा अहिलेसम्म ५ सय १२ जनामा कोरोना संक्रमण देखिएकोमा ४ सय १ जना उपचारपछि घर फर्किएका छन् ।