कर्णालीका थप दुईमा कोरोना पोजेटिभ

सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जनाको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार सुर्खेतस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ। भारतबाट कर्णालीमा भित्रिएका मध्ये २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। बबई नाका भएर कर्णाली भित्रने करिब ७ सय ४० भन्दा बढी नागरिकमा गरिएको (आरडीटी)¥यापिड टेष्टमा १३ जनाको रिपोर्ट संकास्पद आएपछि उनीहरुको पिसिआर गरिएको हो। पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको थियो। शनिबार बिहानै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट दिउँसोसम्म सार्वजनिक हुने सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यसेवा महाहाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। सुर्खेतको परीक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। दुबै जनाको स्वास्थय अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पतालमा डाक्डरको निगरानीमा उपचार भैरहेको डा तिवारीले जानकारी दिए। संंक्रमितका परिवारलाई निगरानीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाहाखाले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।