धनगढी-कोरोनाको महामारीसँगै संसारका धेरै देशहरूमा लकडाउन जारी छ । कोरोना महामारी फैलावट रोक्न नेपालले पनि लकडाउन जारी राखेको छ । यो लकडाउनमा पनि नेपालगंज मेडिकल कलेजले कोरोनाको उपचार तथा जटिल तथा आपतकालीन सेवाहरु प्रदान गर्दै आएको छ । सुत्केरी सेवा, मिर्गौला डायलाइसिस, आकस्मिक शल्यक्रिया र अन्य रोगहरु पनि उपचार गरिरहेको मेडिकल कलेजले जनाएको छ । नेपालगंज मेडिकल कलेज नेपालकै बहुविशेषज्ञ रिफरल अस्पताल भएकाले यस्तो जोखिमपूर्ण अवस्थामा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ । लकडाउन संक्रमण बढ्दो जोखिमपूर्ण अवस्थामा पनि ६० दिनसम्म यस संस्थाले प्रदान गरेको स्वास्थ्य सेवाको संक्षिप्त विवरण प्रस्तुत सारांश रिपोर्टमा उल्लेख गरिएको छ ।
ताजा खबर