देशभर २९४२ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकामा मात्र १६९८ थप

काठमाडौं—नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ।

काठमाडौं उपत्यकामा आइतबार मात्र १ हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४९ हजार ३ सय ४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हाल आइसीयुमा ३ सय १ जना र भेन्टिलेटरमा ६६ जना संक्रमित छन् ।