पछिल्लो २४ घण्टामा कर्णालीमा १०३ जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५१ जना रहेका छन् । यसका साथै दैलेखका २७, रुकुमपश्चिमका आठ, सल्यानका सात, कालिकोटका चार, हुम्लाका तीन र अन्य प्रदेशका तीन जना छन् ।

प्रदेश अस्पतालरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मा गरिएको परिक्षणमा ७०, दैलेख अस्पताल प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा २३ चौरजहारी प्रयोगहाला रुकुम पश्चिममा आठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुई गरी एकसय तीन जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार एक सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १३४ जना डिस्चार्ज भएका छन् ।
योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार आठ सय ६२ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।