कर्णालीमा कोरोना संक्रमितको संख्या पाँचहजार, २४ घण्टामा ११० जनामा पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय १० जनामा कोरोना पुष्टि भएको छ ।
आज थपिएका ११० जनासँगै कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ।

प्रदेश अस्पतालरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ७५, दैलेख अस्पताल प्रयोगशालामा २१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५८, जुम्लाका ९, सल्यानका ७, कालिकोट र रुकुपश्चिमका एकरएक तथा अन्य प्रदेशका ९ जना रहेको कँडेलको भनाई छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ५० जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार सात सय २८ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।