सुर्खेत लाटिकोइलीकाे शीव मन्दिरमा ५१ फिट अग्लाे अर्धनारेश्वरको मुर्ति स्थापना

सुर्खेत – कर्णाली प्रदेशकाे सुर्खेत जिल्लाकाे प्रशिद्ध धार्मिक स्थल लाटीकोईलीको शीव मन्दिरमा अर्धनारेश्वरको मुर्ती स्थापना गरिएको छ । घटस्थापनाको अवसर पारेर वीरेन्द्रनगरको ९ नम्बर वडामा रहेको शीव मन्दिरमा आज अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको हो ।

धार्मिक पर्यटनको विकासका निम्ति लगाइएको महाँपुराणबाट संकलित रकमले अर्धनारेश्वरको मुर्ति निर्माण गरिएको छ ।

प्राचिनकालमा एउटै ढुंगाबाट बनेको शीवको यस मन्दिरलाई विश्व सामु चिनाउनका निम्ति आधा शीव र आधा पार्वतीको २१ फिटको मुर्ति र ३० फिट अग्लो मुर्ति राख्ने ठाँउ गरि ५१ फिटमा राखिएको वीरेन्द्रनगर ९ वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।

किमदन्तीका अनुसार ४ सय वर्ष पुरानो शीव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरु आउदा बोल्ने र सुन्ने भएर जाने विश्वास छ ।

शीव भूमि भन्न मिल्ने लाटिकोइली क्षेत्रमा शीव मन्दिर, काँक्रेबिहार, अधेरी गुफा जस्ता स्थानले समग्र वीरेन्द्रनगरको धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराएको वडाध्यक्ष मानन्धरको भनाई छ ।

शीव मन्दिरको विकास लागि प्रदेश तथा केन्द्र सरकार र वीरेन्द्रनगर नगरपालिकामा अनुरोध गरिएको मानन्धरले जानकारी दिए । मुर्ति एउटै ढुगांबाट निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनागेश्वरको मुर्ति भएको दावी अध्यक्ष मानन्धरको छ ।