प्राणीको अस्तित्वको निरन्तरताको निम्ति सम्भोग अत्यावश्यक पाटो हो । नितिनियमअनुसार सामाजिक मान्यता समेत पाएको यसले शारीरिकसँगै मानसिक सुख समेत प्रदान गर्ने भएकोले यसको महत्व अझ मानव जीवनमा बढिरहेको पाइन्छ ।
सम्भोग प्रजजन र शारीरिक सन्तुष्टिसँग मात्र नभई स्वास्थ्यसँग पनि उत्तिकै सम्बन्धित रहेको छ । हुनत प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा यसको अनुभव गरेका हुन्छन् । सम्भोग वा नियमित यौनसम्बन्धको फाइदाबारे त हामीले धेरै सुन्दै आएका छौ ।
तर, यौनसम्पर्क गर्न छोड्यो भने यसले व्यक्तिमा के–कस्ता परिवर्तन एवम् असर देखा पर्छ त? भन्ने विषयमा हामी अधिकांश अज्ञात नै रहेका छौ । आउनुहोस्, आज यसबारे केहि जानकारी हासिल गरौं ।
यस्ता छन् व्यक्तिले सम्भोग राख्न छोडेपछि देखिने परिणामहरुः
- एन्जाइटीको समस्या, मुटुरोग सम्बन्धि समस्या,
- स्मरण क्षमतामा हृास,
- कमजोर प्रतिरोध क्षमता,
- अस्वस्थ्यकर प्रोटेस्ट,
- पार्टनरसँगको मनमुटाव,
- उचित निन्द्राको अभाव,
- पछि पुनः सम्भोग गर्दा विविध समस्याहरु देखिनु,
उच्च रक्तचापको समस्या,
माथि उल्लेखित बुदाँबाट पनि के थाहा पाउन सकिन्छ भने यौन शारीरिक मात्र नभई एक मनोवैज्ञानिक पक्ष पनि हो । यससम्बन्धि विभिन्न अध्ययनहरु समेत भएका छन् । यस्तै, यसै विषयमा अध्ययन गरेका एक सामाजिक मनोवैज्ञानिक अमान्डा गेस्सेल्मन भन्छन्; ‘यौनबिना कुनै पनि जोडिबीचको सुमधुर सम्बन्धको परिकल्पना गर्न सकिदैन ।
अर्थात्, यौनसम्बन्ध स्थापित नभएको खण्डमा आफ्नो पार्टनरप्रतिको भावना स्वतः घट्दै जाने हुन्छ । र, यसको एक कारण भनेको मनोवैज्ञानिक पक्ष पनि हो । -एजेन्सी