कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिकमको फोन सेवा अवरुद्ध

सुर्खेत – कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको फोन सेवा अवरुद्ध भएको छ । टेलिकमको नेटवर्क बोर्डकास्टमा समस्या देखिएपछि बिहीबार विहानैदेखि फोन सेवा अवरुद्ध भएको हो ।


अहिले साविकको मध्यपश्चिम र सुदूपश्चिममा प्राविधिक समस्या आएकाले सबैजसो सेवाहरु प्रभावित भएका छन्’ नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय नेपालगञ्जका उप–प्रवन्धक शिवराज खनालले भने, ‘कुन ठाउँको स्वीचमा समस्या देखिएको छ भन्ने पत्ता लगाउन प्राविधिकहरु खटिराख्नु भएको छ, छिट्टै नै सेवा सुचारु गर्नेगरी जुटिरहेका छौं ।’

टेलिकमकाे माेवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रभावित भएकाे छ । तर एनसीएलकाे माेवाइल नेटवर्कले भने काम गरिरहेकाे नेपाली रैबारले समाचार लेखेकाे छ ।