पर्यटनमन्त्री याेगेश भट्टराइलाइ काेराेना संक्रमण

सुर्खेत_ नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री याृगेश भट्टराइलाइ काेराेना संक्रमण भएकाे छ । शनिवार साँझ सामाजिक संजाल फेसबुकमा लाेख्दै उनले अाफुलाइ हल्का ज्वराेसहितकाे काराेना संक्रमण भएकाे जानकारी दिएका हुन् । उनले लेखेका छन्,

‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’