रुकुम पश्चिम — चिकित्सा शिक्षा र स्वास्थ्यको सुधार माग राख्दै अनशनरत डा.गोविन्द केसीको पक्षमा आठबीसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले भोक हड्ताल थालेका छन् ।
आठबीसकोट नगर अस्पतालका डा. विसद दाहाल र एचए पुरन केसी शुक्रबार राति १० बजेदेखि २४ घण्टे भोग हड्तालमा बसेका हुन् ।
सरकारसँग तत्काल डा. केसीका माग पूरा गर्न दवाब दिँदै भोक हड्ताल थालेको एचए केसीले बताए । ‘सरकारले तत्काल माग पूरा गरी डा. केसीको जीवनरक्षा गर्न जरुरी छ,’ उनले भने, ‘दुर्गममा गएर गरिबहरुको उपचारमा खट्ने डा.केसीका माग सम्बोधन नभए देशभरिका स्वास्थ्यकर्मी कडा आन्दोलनमा उत्रिन तयार छौं ।’