सुर्खेत – जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यात्रु सहायता कक्ष स्थापना गरेको छ । २४ सैं घण्टा यात्रुहरुलाई सहयता उपलव्ध गराउने उदेश्यले बिहीबार कक्षको स्थापना गरेको हो ।
कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले यात्रुहरुलाई सुरक्षितका साथ गन्तव्यमा पु¥याउन यातायात व्यवसायीहरुलाई आग्रह गरे ।
चाडपर्वमा यात्रुहरु हतारमा हुने भएकाले दुर्घटनारहित यात्रा गराउन सबै यातायात व्यवसायीलाई एसपी भट्टको आग्रह छ । पहाडी क्षेत्रका ग्रामिण सडकहरु कच्ची रहेको र कमाउने नाममा क्षमताभन्दा बढी यात्रु राख्ने काम बन्द गर्न पनि भट्टको सुझाव छ ।
‘दशैँ मनाउन घर जाने यात्रुहरु लुटिने घटना हुने खतरा हुन्छ, यस्तो अवस्थामा यात्रु स्वंयम र सवारी चालकहरुले विषेश ख्याल गर्नुहोला’ भट्टले भने, ‘यात्राका क्रममा कुनै त्यस्तो घटना भएमा तत्काल प्रहरीलाई खवर गर्न अपिल गर्दछु ।’
बसपार्कमा यात्रुहरुलाई कुनै समस्या भएमा त्यसको समाधान गर्नमा प्रहरीले समन्वय गर्ने हेतुले कक्षको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए ।