जुनिचाँदे घटना प्रति मन्त्री ज्वालाद्धारा शोक वक्तव्य जारी

सुर्खेत- जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएको प्रति दुःख व्यक्त गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शोक वक्तव्य जारी गरेका छन् ।
जुनिचाँदे गाउँपालिकाको औँलखोलामा भएको दुर्घटनामा वडा नम्बर ११ का अध्यक्ष शाहीसहित स्थानीय अमरबहादुर शाही, कृष्णबहादुर शाही, लालबहादुर बुढा, खेमराज शाही र मालिका बस्नेतको घटनास्थलमै मृत्यु हो । आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ,“ जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको औंलखोलामा हृदयबिदारक जिप दुर्घटना भएको छ ।
एक जना बेपत्ता र ६ जनाको घटना स्थलमा मृत्यु भएको दुखद खवरले हाम्रो पार्टी (नेकपा), कर्णाली प्रदेश सरकार र मलाई अत्यन्त स्तब्ध बनाएको छ ।” यसबाट नेकपालाई अपूरणिय क्षति भएको छ । हाम्रो पार्टी, सरकार र मेरो तर्फबाट सबै जना मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली क्यक्त गर्दछु, शोक वक्तव्यमा उल्लेख छ । साथै परिवारजनमा गहिरो समवेदना तथा उक्त दुर्घटनामा घाईते हुनु भएका शिक्षक नर बहादुर बुढा लगायत सबै घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछु शोक वक्तव्यमा भनिएको छ ।
त्यस्तै बेपत्ताको खोजि र उद्वार तथा घाइतेहरुको उपचारमा सक्रिपतापूर्वक लाग्न स्थानिय जन प्रतिनिधि, प्रशासन, प्रहरी, पार्टीका कार्यकर्ता लगायत सबैलाई मन्त्री ज्वालाले अनुरोध गरेका छन् । भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो सवा २ बजेतिर सडकदेखि करिब ६ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा नेकपाका नेता, प्रदेश सल्लाहकार परिषद सदस्य तथा पूर्व जिबिस सदस्य तथा क। कृति बहादुर शाही, नेकपाबाट विजयी वडा नं। ११ का वडाध्यक्ष क। अमर बहादुर शाही, अहेव खेमराज शाही, अहेव कृष्ण बहादुर शाहि, लाल बहादुर बुढा र मालिका बस्नेतले ज्यान गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ ।