डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं – सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिएकाे
अनलाइनखबरले समाचार लेखेकाे छ।

 

चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।

चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।