वीरगन्ज – १९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै वीरगन्जमा जि.पी. फाउण्डेशनले प्रर्दशन गरेको छ ।
स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका मागहरु राख्दै अनशन बस्नु भएका डाक्टर केसीको जीवन रक्षा र उनको माग पुरा गराउनका लागि वीरगञ्जस्थित घण्टाघर चोकमा फाउण्डेशनले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका सम्पूर्ण मुद्दाहरुलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।
उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका छन् । फाउण्डेशनका अध्यक्ष महम्मद शाहबुदिनको नेतृत्वमा प्रर्दशन गरिएको थियो । यसअघि वीरगन्जका युवाहरुले पनि घण्टाघरमा प्रर्दशन गरेका थिए । (healthaawaj.com)