मेरो विचारमा त बुटवल बाहेक प्रदेश ५को राजधानीको अरु विकल्प नै छैन किन भने संघीय सरकार गठन भएको पनि करिब तीन बर्ष बिति सक्यो सोही अनुसार बुटवल क्षेत्रलाई नै मध्यनजर गरि बुटवलमा नै सबै संघिय मन्त्रालयहरुको ब्यवस्थापन भई सकेको छ ।
राज्यको ठुुलो धनराशि बुटवलमा खर्च भइ सकेको छ । अब आएर फेरि अर्को स्थानमा राजधानि सार्ने हो, भने राज्यको ठूलो धन राशि फेरि खर्च हुन जान्छ । यसरी कोरोना भाइरसले थलिएको राज्यमा तीन तीन वर्षमा राजधानी सर्दै जाने हो भने राज्य र जनताको लागि राम्रो नभइ निजि स्वार्थमा लिप्त भएका नेताहरुको निजि स्वार्थ पूरा हुन जान्छ ।
बुटवल यस्तो शहर हो जहाँ पुर्व, पश्चिम ,उत्तर ,दक्षिण सबै क्षेत्रलाई पायक पर्ने स्थान यस क्षेत्रमा अग्रिम रुपमा सबै पुर्वाधारहरु भइसकेको हुनाले यसै क्षेत्रलाई राजधानी घोषणा गरि अगाडि बढनु पर्छ । यसै सन्दर्भमा बुटवल यस्तो शहर हो बुटवल पाँच पटक सम्म नेपालकै सबैभन्दा उत्कृष्ट शहरको रुपमा उपाधि प्राप्त गरेको छ ।
यहाका उधोग ,कलकारखाना ब्यापारिक प्रतिस्ठान ,शिक्षा ,स्वास्थ ,पर्यटन,होटल,ब्यवसाय नेपालमै उत्कृष्ट रुपमा अगाडि बढेको पाईन्छ । यस क्षेत्रमा निर्माणधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय विमान स्थल रहेकको कारणले पनि राजधानीको रुपमा प्रदेश ५को राजधानी बुटवलमा नै हुनुपर्छ ।
प्रदेश सभाबाटै तोकिनुपर्छ
नेपालको संविधान २०७२ जारी भएसंगै नेपालमा संघीयता पनि आएको हो । संघीयता आएपछि अब नेपाललाई केहि फरक देख्न पाइन्छ भन्नेहरुको कमी थिएन र फरक हुन्छ भन्ने मध्ये म पनि एक थिए । सदरमुकाम सार्ने वा नसार्ने भन्ने विषयमा पञ्चायतकालमा विभिल्न जिल्लामा तानतान र आन्दोलन हुने गथ्र्यो रे ।
अहिले देश संघीयतामा गईसकेपछि पनि कतै प्रदेश नाम राख्ने त कतै प्रदेश राजधानी कहाँ भन्नेबारे बहस र विवाद जारी नै छ । तर आजसम्म पनि प्रदेश नं. ५ को नाम के हो र प्रदेश राजधानी कहाँ हो भन्ने बिषयमा अलमल छ ।
प्रदेश सरकारको कार्यकाल सकिने बेलामा सोझा जनताको मन जित्नलाई हो की बाध्यता नै भएर हो बल्ल आज आएर प्रदेशको राजधानी र प्रदेशको नाम तोक्न सफल भएका बरिष्ठहरुलाई उनकै जनताले बिरोध गरेका छन् । आज आएर घोषणा भएको प्रदेशको नामलाई त सबैले स्विकार्य मानेका छन् भने प्रदेश राजधानीलाई कसैले मान्यता दिएका छैनन् ।
छन् त केबल राजधानी तोकिएको ठाउँका मान्छे मात्र । नेपालको संविधानको भाग ३३, धारा २९५ ले प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमत बाट हुने व्यवस्था गरेको छ । त्यसैगरी संविधानको भाग ३२ धारा २८८ ले प्रदेशको राजधानी तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने व्यवस्था गरेको छ । सो नेपालको संविधानमा लेखिएको निति,नियम र कानुन विपरित कुनै राजनैतीक दलले ह्विप जारी गर्नेु भन्दा सार्वभौम संसदको अधिकार प्रयोग गर्न दिनु न्याय संगत हुने देखिन्छ ।
बुटवल नै उपयुक्त
प्रदेश नं ५ सरकारले आफ्नो प्रदेशको नामाकरण “लुम्बिनी“ र स्थायी राजधानी दाङ को भालुवाङ बनाउने प्रस्ताब राखेपछि रुपन्देहीका बासिन्दाहरु एकदमै आक्रोसित देखिएका छन र लगत्त्तै वुटवलमा आन्दोलन सुरु भएको छ ।
मेरो विचारमा जहाँ धेरै चहलपहल र विकास हुन्छ त्यो ठाउँ राजधानी बन्नको लागी एकदम उपयुक्त ठाउँ हुन्छ । अब दाङलाई नै हेर्ने हो भने दाङ बुटवल जस्तो विकासित हुन त अझै दशकौं लाग्छ । अब विकास नै कम भएको ठाउँमा राजधानी तोकेर त फेरि वुटवल मा जसरी नै सुरु देखि विकासका कार्यहरू सुरु गर्नुपर्ने हुन्छ अनि सरकारको अहिलेसम्मको लगानी फेरि खेर जानी भयो।
रुपन्देही जिल्लामा आम जनताहरुलाई चाहिने धेरै जसो सेवासुबिधाहरु भएको पाइन्छ र कति ठुला ठुला विकासका कार्यहरु (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा क्रीकेट रंगशाला ) जस्ता निर्माण कार्यहरु चलिरहेको पाइन्छ । रुपन्देही मै “विश्व सम्पदा सुचिमा उल्लेखित गरिएको पबित्रस्थल लुम्बिनी पनि पर्दछ ।
अनि प्रशासनिक पहुँच , औद्योगिक तथा व्यापरिक केन्द्र र नेपालकै प्रमुख प्रर्यटकिय गन्तव्यको रूपमा रहेको हामी सबैले देखेकै कुरा हो । अनि अर्को कुरा खासमा त राजधानी तोकिने भनेको त जनसंख्याको र बिकासको आधारमा हो र माथी उल्लेखित सबैलाइ हेर्ने हो भने रुपन्देहीको बराबरिमा दाङ धेरै पछाडी भएको मानिन्छ । बहुसंख्यक जनताको केन्द्र, सबै खालका पुर्वाधारले सम्पन्न रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्छ ।
जनभावनाको कदर गरौँ
प्रादेशिक सरकारलाई नियाल्ने हो भने कतिपय प्रदेशमा उक्त प्रदेशको नामाकरण एवं राजधानी समझदारीका साथ तोकिएको पाइन्छ भने यता प्रदेश नं ५ लाई हेर्दा भर्खरै मात्र उक्त कुराको प्रस्ताव राखिएको पाइन्छ । यसरी लामो समयको अन्यौल पश्चात् प्रदेश नं ५ले प्रदेशको नामाकरण लुम्बिनी गर्ने अनि स्थायी राजधानी भालुवाङ तोक्ने प्रस्ताव गरेको पाइन्छ र यस विषयमा प्रश्न उठेका छन् ।
यसरी प्रस्तावित स्थायी राजधानी भौगोलिक केन्द्र विन्दुमा रही दाङ , प्युठान र अर्घाखाँचीको संगमस्थल बनेको देखिन्छ । उक्त क्षेत्र वर्दिया देखि नवलपरासी र पूर्वि रुकुम देखि गुल्मीसम्मका सर्वसाधारणलाई पायक पर्ने एवं महेन्द्रराजमार्गको उपस्थितिले पनि जिल्लाबाट दाङ पुन सहज नै देखिन्छ ।
प्रयाप्त जग्गाका साथै खुल्ला सीमाका कारण आइपर्ने समस्याको मुकाविला कम गर्नु पर्ने हुँदा शान्ति सुरक्षाको हिसाबले पनि उक्त क्षेत्र उपयुक्त नै देखिन्छ र उक्त क्षेत्रलाई राजधानी बनाएमा आसपासका विकासबाट उपेक्षित स्थानहरुमा विकासका लहर छाउने सोच जनमानसमा आऐको पाइन्छ । माथि उल्लेखित विविध कारणले एवं संघीयताको मर्म विकास रहेकोल उक्त स्थान उपयुक्त देखिएता पनि यसबाट आइपर्ने विभिन्न समस्याहरूको बारेमा पनि मनन गर्न जरुरी देखिन्छ ।
तर प्रदेश नं ५ को राजधानीका लागि कतिपय भौतिक संरचनाहरु रुपन्देहीको बुटवलमा बनिसकेका छन् । यसर्थ यी संरचनाहरुको प्रस्तावित क्षेत्रमा पुन स्थापना गर्नु पुर्व घाँटी हेरि हाड निल्नु जरुरि देखिन्छ । निर्वाचनको बखत जनप्रतिनिधिहरुले बुटवल ,दाङ र अन्य ठाउँलाई राजधानी बनाउने छौँ भन्दै झुटो आश्वासन दिँदा पनि आज यस विषयले विरोध निम्त्याएको छ । तसर्थ विषयमा गहन गरेर विचार पुर्वक जनमानसको सोच र सहजतालाई ध्यानमा राख्दै निर्णय गर्नुपर्ने देखिन्छ ।