नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ । उनले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी दिएका हुन्।

नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएकाे गोरखापत्रले समाचार लेखेकाे छ। थापाले ट्वीटसन्देशमा आफूमा कुनै समस्या नरहेको  समेत बताएकाछन् ।