काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा र स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार गरिएको स्वाब परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईले जानकारी दिए । ‘सबैको स्वाब परीक्षण गर्ने भनिएपछि हामीले पनि हिजाे स्वाब दिएका थियौं,’ उनले भने, ‘आज कोरोना पोजेटिभ देखिएको थाहा भयो ।’
सचिवालयका ४ जनासहित थप अन्य कर्मचारी र सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको पाइएको छ । सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीको पनि स्वाब परीक्षण गर्ने तयारी भैरहेको छ ।