दैलेख – जिल्लाको भैरवी गाउँपालिकामा विना प्रतिस्पर्धा जनप्रनिधि र नेताका आफन्तलाई भर्ना गरिएको पाईएको छ ।
गाउँपालिकामा कर्मचारि आवश्यक्ता सम्बन्धि सुचना प्रकाशन गर्नू पुर्व नै जन प्रतिनिधि र नेताहरुको भागभण्डा गरेर भर्ना गरेको पाईएको हो ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढाको अगुवाईमा केहि जनप्रतिनिधि , नेकपा र नेपालि कांग्रेसका नेताहरु बिच भागभण्डा भएको पत्र सामाजिक संजालमा सार्वजनिक भएको छ ।