प्रमुख जिल्ला अधिकारी रेग्मीद्धारा भेरी–बबई डाइभर्सनको अनुगमन

सुर्खेत – सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन गरेका छन्। विहीबार रेग्मीले आयोजनाको  निर्माण कार्य प्रगतिको अवस्था बुझ्न अनुगमन गरेकाे जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएकाे  छ ।

उनले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/ रमन जेभीका प्रतिनिधिलाई राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा सम्पन्न गराउन  कुनै कसर बाँकी नराखेर निर्वाधरुपमा कार्य अगाडि बढाउन सुझाव समेत दिएकाे बताइएकाे छ ।

उनकाअनुसार, आयोजना निर्माणमा कुनैपनि बाधा अड्चन नआउने गरि निर्माण कार्यलाई तीव्रता दिन भनिएकाे छ । राष्ट्रिय गौरवको आयोजना भएकाले सुर्खेतको मात्र नभई देशकै महत्व राख्ने भएकाले गुणस्तरीयतासहित तोकिएकै समयमा काम सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीले सुजाव दिएकाे बताइएकाे छ ।

उनले हालै स्थानीय जग्गाधनीले निर्माण ठेकेदार कम्पनी गुआङ्ग्डोङ युआनियन/ रमन जेभीसँग गरेको विवाद तथा समाधान बारेमा समेत चाँसो राखेकाछन् ।

अघिल्लो सात स्थानीयले ५२ रोपनी जग्गा पाँच वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनीलाई दिएबापत परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग राख्दै आयोजनाको ड्याम साइट ( हेडवक्र्स) को काम तीन दिनसम्म अवरोध गरेका थिए ।

दुबै पक्षको छलफलपछि निर्माण ठेकेदार कम्पनीले केही स्थानीयलाई रोजगारी उपलब्ध गराएपछि आन्दोलन साम्य भएको थियो ।