यौन समस्या समाधानका लागि पार्टनरसँग कसरी बातचित सुरु गर्ने त?

यौन एउटा यस्तो विषय हो, जुन जति पार्दशिक छ उति नै अपादर्शिक पनि । यो प्रत्येक प्राणीको जीवनमा नितान्त आवश्यकीय पक्ष पनि हो । सृष्टि चलाउने तागत भएको यो विषय विभिन्न मुल्य, मान्यता र कानुनले बाँधिएको छ । जसले यसप्रतिको व्यक्तिको सोचलाई साघुँरो बनाउन समान महत्वपूर्ण भुमिका समेत निर्वाह गरेको छ । र, परिणाम स्वरुपः मानसिक र शारीरिक पक्षसंग जोडिएको यौन हाल विविध सांस्कृतिक पक्ष र नितिनियमका कारण सामाजिक भएको छ ।

 

यसकारण कयौं व्यक्तिहरु आफ्नै पार्टनरसँग पनि यस विषयमा खुलेर कुरा गर्न असहज महशुस गर्छन् । र, यससम्बन्धि भएका समस्या र चाहानालाई आफ्नै मनमा कुण्ठित पार्न बाध्य हुन्छन् । यौनजीवनमा पर्न गएको बाधाले व्यक्तिको यौनसन्तुष्टि र सुखलाई हनन गरिदिन्छ ।

 

यस्तै, कतिपय वैवाहिक बन्धनमा बाँधिएका जोडि पनि खासगरी महिला आफ्नो यौनइच्छा तथा यौन समस्यालाई दबाएरै राख्ने गर्छन् । जुन विल्कुल अस्वभाविक हो । यसरी यौनजीवनमा देखिएका समस्या र बाधाको सम्बन्धमा खुलेर कुरा गर्न नसक्दा केहि जोडिबीच शारीरिक सम्बन्ध कायम हुन नसकेको कयौं समय बितिसक्छ । र, यसैकारणले दिन प्रतिदिन आपसी सम्बन्ध बिग्रदै जाने सम्भावना उच्च रहन्छ ।

 

अमेरिकामा गरिएको एक अनुसन्धानले व्यक्तिहरुमा यौनका कुरा नहुनु आम रहेको कुरा उल्लेख गरेको छ । सन् २०१७ को सो अध्ययनले देखाए अनुसार अझ, ६५ वर्षमाथिका स्वस्थ रहनका लागि आवश्यक भएपनि त्यस्ता व्यक्तिहरु विरलै मात्रामा यसबारे खुलेर कुरा गर्ने गर्छन् । यस उमेरमा यौनका विषयमा खुलेर कुरा गर्नु उनीहरुका लागि चुनौतीपुर्ण रहने गरेको पाइएको छ ।

 

‘उनीहरुका लागि यो विषयमा छलफल गर्नु अत्यन्त कठिनपूर्ण रहने गर्छ ।, ‘लन्डन युरोलोजी एसोसियट्सका थेरापिस्ट भिक्टोरिया लेमन भन्छन् ।

 

के केहि समयदेखि तपाईको यौनजीवनमा पनि समस्या देखिरहेको छ? यसै कारण सम्बन्ध कायम भएको छैन वा हुन सकेको छैन ? र, कसरी आफ्ना पार्टनसँग यस विषयमा कुरा गर्ने भन्ने विषयमा अन्यौल हुनुहुन्छ? यदि यस्तो उल्झनबीच अल्झिनु भएको छ, भने आज हामी यहाँ यस्तै समस्या समाधानको विषयमा बताउदैछौ ।

 

यसरी शुरु गरौं पार्टनरसँग बातचित

बाह्य अवरोध नआउने र आफूहरु दुवै थकित नहुने समय मिलाउने

प्रत्यक्ष रुपमा आफ्ना पार्टनरलाई यौनसम्बन्धि भएको समस्या वा यस विषयमा कुरा गर्नुछ भनी जानकारी दिलाउने

यस विषयमा कुरा गर्दा ‘हामी’को सट्टामा ‘म’ लाई विशेष जोड दिएर बोल्ने । यसले तपाईले आफ्नो निजि र नितान्त व्यक्तिगत भावनाबारे बोल्दै हुनुहुन्छ भन्ने कुराको आभास दिलाउँछ ।

यदि यसमा तपाईले ‘तिम्रो’ र ‘हाम्रो’ जस्ता शब्द चयन गर्नुहुन्छ भने यसले तपाईको पार्टनरमा एक आपसमा दोष थुपारेको भान गराउन सक्छ ।

जब तपाई बातचितको निम्ति कुरा अघि बढाउनु हुन्छ, सकरात्मक कुराले बातचित शुरु गर्नुहोस् । यदि तपाईले यस समस्यासंग सम्बन्धित कुनै आर्टिकल पढ्नु भएको छ भने त्यसको साहारा पनि लिन सक्नुहुन्छ ।

अर्थात्, उदाहरणका लागि तपाईले ‘मलाई तिमीसँग समय बिताउन एकदम मनपर्छ । तर, केहि समयदेखि म यस्तो महशुस गर्दैछु ।यसबारे तिमी के सोच्छौ?’ भनेर पनि कुरा अघि बढाउन सकिन्छ ।

कुराकानी अघि बढाउदा त्यस विषयप्रति पार्टनरको विचार र धारणा के छ? त्यस विषयमा पनि जान्ने प्रयास गर्नुपर्छ । र, कसरी यसको समाधानमा पुग्न सकिएला? भन्ने विषयमा पनि उनको विचार सोध्नुपर्छ ।

यसो गर्नाले तपाईको पार्टनरले उसको भावना र विचारको पनि कदर हुँदैछ भन्ने महशुस गर्नुका साथै उसले तपाईसामु आफूलाई यस विषयलाई सहज रुपमा लिनेछ । (एजेन्सीकाे सहयाेगमा)