लकडाउनमा कृषिकलाई सघाउँदै कृषि विकास कार्यालय

कृष्णप्रसाद अधिकारी

दैलेख ः  नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प छ । तर, ठाटीकाँध गाउँपालिका – १ कोसेडीका कलमबहादुर शाही कृषि कर्ममा जुटेका छन् । विहान उठेदेखि अबेर सम्म बारीमा काम गर्ने कलम मोबाइलमा रेडियो सुन्दै काम गरिरहेका भेटिन्छन् । स्वदेशमै कृषि व्यवसायमा लामो समय बिताएपछि विदेशको सपना समेत देख्न छोडेको उनि बताउँछन् । यहाँका उनि जस्तै धेरै युवा विदेशी भूमिमा आफ्नो परिश्रम खेर फालिरहेका बेला उनले गाउँमै कृषि पेसाबाट राम्रो आम्दानी गरेका छन् ।

वि.स. २०५१ बाट बाख्रा पालन सुरु गरेका शाहीले करिब सातबर्षदेखी विभिन्न किसिमका घाँस, फलफुल, तथा अमुल्य बोट विरुवाहरुको नर्सरी गरि विदेश जाने युवाहरुको लागि गरे स्वदेशमै सुन फल्छ भन्ने गतिलो उदारण दिएका छन् । हाल उनको जनजागरण बाख्रा फर्ममा माउ बाख्रा, पाठापाठीसहित ५५ वटा बाख्रा छन् । उनको फर्ममा एउटा बोयर बोका छ । बाख्रापालनसँगै नर्सरीबाट पनि राम्रै आम्दानी हुने गरेको शाही बताउँछन् ।

आफुसँग भएको २१ रोपनी जग्गामा नर्सरी, फलफुल, तरकारीसँगै बाख्रापालन गरेका उनले मासिक ५० हजार बचत गर्दै आएको बताए । मेहनत गरी कृषि व्यावसायमा लगानी गर्दा पनि राज्यबाट अनुदान नपाएको बताउँछन् । ‘सरकारले काम नगर्नेलाई अनुदान दियो, तर, काम गर्नेले न अनुदान पाए न सम्मान,’ उनले भने ‘मैले व्यवसाय गरेर सरकारलाई कर तिरेको छु, अहिलेसम्म कुनै अनुदान पाएको छैन न त कोही र्हेन समेत आएको छ, व्यक्तिगत लगानीबाट व्यावसाय गरेको छु ।’

बाल्यकाल देखिको इच्छा चाहाना पुरा गर्न २०५० सालमा नर्सरीमा लागेका कलमका नर्सरीमा लाखबढी बिरुवाका बोट विरुवा छन् । उनको कृष्णा बागबानी कृषि फलफुल तथा घाँस नर्सरीमा उन्नतजातका डालेघाँस, भुईघाँस, मेहनदुलाका ४० हजार बेर्ना, इपिलैपिलका ४० हजार बेर्ना, सिट्लेसका २ हजार बेर्ना, भटमासेका २९ हजार बेर्ना, दबदबेका २ हजार बेर्ना, वडहरका ३ हजार, पैंयुका २ हजार बेर्ना, बाँसका ५ सय बेर्ना, टाँकीका २ हजार बर्ना, कोइरालका ३ हजार बेर्ना छन् । त्यस्तै भुईघाँसमा सुपरनिपियरका ५० हजार बेर्ना, थ्री निपियर, टु निपियर, थिन निपियर, गिन्नी ग्रास, पारा ग्रास, सटृया, गोटेमाला, मलाटो बदामे गरि प्रजातीका घासहरु लगाएका छन् ।