शान्ति समाज सुर्खेतद्धारा वीरेन्द्रनगरमा प्रदर्शन

सुर्खेत – अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस ९ डिसेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले प्रदर्शन गरेको छ ।

‘‘प्रदर्शनमा, सुशासनका लागी आर्थिक दण्डहिनता अन्त्य गर ! भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई ? शिर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग ! भ्रष्ट पात्र र प्रवृत्तिलाई ईतिहासले खारेज गरिसक्यो ! नयां सरकार पनि पुरानै मार्गमा किन ? लगायतका प्ले कार्डहरु प्रदर्शन गरिएको थियो ।’’

प्रदर्शनमा मावव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाही लगाएत दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । प्रदर्शन कार्यक्रमका अवसरमा मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीले भ्रष्ट नेतालाई कारबाही र भ्रष्ट प्रवृत्तिलाई पुर्ण रुपमा निस्तेज गर्नुपर्ने बताए । भ्रष्ट नेताकै कारण भ्रष्टचार र कुशासनबाट मुलुक ग्रसित बनेको उनको तर्क छ ।

‘सुशासनका माध्यमबाट नागरिकमा आशा जोगाउनुु सरकारकारको दायित्व हो’ महासचिव शाहीले भने, ‘जेनजी आन्दोलन पश्चात गठित नागरिक सरकारले भ्रष्टचारीलाई कारवाही गरी सुशासनको प्रत्याभुति गराउनुपर्छ । र समयमै चुनाव गराएर मुलुकलाई निकास दिनुनै यो सरकारको मुख्य जिम्मेवारी हो ।’

नागरिक सरकार आफ्नो जिम्मोवारीबाट बिमुख हुन नहुने उनले धारणा राखे । अन्तराष्ट्रिय भ्रष्टचार दिवसका अवसरमा भ्रष्टचारीलाई कारवाही र सुशासनको माग गर्दै शान्ति समाजद्धारा देशभरका विभिन्न जिल्लामा प्रदर्शन गरिएको महासचिव शाहीले जानकारी दिए ।