डा. गोविन्द केसीको जीवनरक्षा गर्न नेपाल चिकित्सक संघको माग 

 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले डा. गोविन्द केसीको जीवरक्षा गर्न सरकारसँग माग गरेको छ । १९ औं सत्याग्रहको १७ दिन बितिसक्दा पनि नेपाल सरकारले डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो ।

 

चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्न एनएमएले माग गरेको छ ।

 

‘सरकारले स्वामित्व ग्रहण गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्वसाधारण नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो,’ एनएमएले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

यदि डा. कसीको माग सुनुवाई नभएमा कठोर कदम चाल्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ। (हेल्थ आवाज)