सुर्खेत – कर्णाली प्रदेशका २१३ जना युवाहरुलाई मौरी व्यवसाय समवन्धी तालिम प्रदान गरिएको छ । इन इलम परियोजना हेल्भेटास नेपालको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतले उक्त तालिम प्रदान गरिएको हो ।
मौरी पालनको सम्भावना रहेको कर्णाली प्रदेशका जाजरकोट, दैलेख र सुर्खेतका युवाहरुहरुलाई मौरी विमालेख तथा उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम प्रदान गरिएको महासंघका संयोजक खगेन्द्र भण्डारीले वताए ।
मौरी व्यवसायको संरक्षण तथा व्यवसायमा जोखीम कम गर्नका लागि तथा मौरी व्यवसायमा मौरीपालन व्यवसायको विमा गर्ने योजना रहेको छ । ३ वटै जिल्लाका १ हजार गोला मौरी गोलाको विमा गर्ने योजना रहेको संयोजक भण्डारीले वताए । तालिमका सहभागीहरुले मौरी व्यवसायमा आफ्नो महको लागतवारे समेत जानकारी प्राप्त गरेका छन्।
उद्यमशिलता तालिम मार्फत मौरीपालक उद्यमीले आफ्नो व्यवसाय कस्तो अवस्था छ र अव कसरी अगाडी वढाउने विषयमा जानकारी पाएका छन् । उनीहरुले उद्यम व्यवसाय गर्दा हुने जोखीम तथा जोखीम कमगर्ने उपाएका वारे समेत जानकारी प्राप्त गरेका छन् । व्यवसायिक योजना मार्फत मौरीपालनमा हुने लगानी र त्यसवाट हुने प्रतिफल तथा लाभ लागतका वारे जानकारी पाएर व्यवसायमा भएको नाफा नोक्सानवारे जानकारी प्राप्त गरेका भण्डारीले वताए
मौरी पालक किसानहरुलाई व्यवसाय योजना निर्माण गरी व्यवसाय संचालन गरी प्रतिइकाइ लागतका आधारमा बस्तुको मुल्य निर्धारण गर्न सक्षम भएका छन् । मौरीपालन व्यवसाय अगाडी वढाउन तथा व्यवसायवाट फाइदा लिनका लागि व्यवसायिक योजना आवश्यक भएको तालिमका सहभागी हिरा आचार्यले वताइन् । व्यवसाय सफल वनाउन का लागि व्यवसायिक योजना आवश्यक रहेको उनको भनाई थियो ।
वीरेन्द्रनगर ९ का सुरेन्द्र विसी मौरीपालनका व्यवसाय विस्तारका लागि महत्पुर्ण तालिम प्राप्त भएको वताए ।व्यवसाय गरेको भएपनि योजना विना भएकाले खासै नाफा लिन नसकेकाले तालिम प्राप्त पछि योजना अनुसार व्यवसाय सञ्चालन गर्ने वताए । सहभागीहरुले आफ्नो व्यवसायको व्यवसायिक योजना समेत तयार गरेका छन् ।
मौरी पालक किसानहरुको व्यवसायको संरक्षणका लागि मौरी गोला बिमा गर्ने र क्षतिको दावी प्रक्रिायाका वारेमा समेत उद्यमीहरुले जानकारी प्राप्त गरेका छन् । महको मुल्य निर्धारण तथा व्यवसायीको महको लागत निर्धारणका लागि तालिम आयोजना गरिएको वताए।