सुर्खेत- कोरोना भाइरस (कोभिड–१९) बाट बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुखको निधनप्रति मध्यपश्मिाञ्चल विश्वविद्यालय सुर्खेतले शोक मन्तव्य व्यक्त गरेको छ ।
शनिबार बबई बहुमुखी क्याम्पसका प्रमुख तथा सह प्रध्यापक विनोद कुमार अग्रवालको उपचारको लागि अस्पतालको आइसोलेसन लैजाने क्रममा निधन भएको थियो । उनको निधन प्रति आइतबार मध्यपश्चिमञ्चल विश्वबिद्यालयका प्रा.डा नन्दबहादुर सिंहले शोक विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुखको असमायिक निधनले क्याम्पस परिवार स्तम्ब्ध भएको बताएका छन् ।
उनको निधनले विश्वबिद्यालयले एक कुशल शैक्षिक तथा प्रशासनिक नेतृत्व गुमाएको विज्ञप्तीमा उल्ललेख छ । “यस क्षेत्रको शैक्षिक अभियान र उच्च शिक्षाको क्षेत्रमा अग्रवालले पु¥याएको योगदानको उच्च सम्मान गर्दछौ” विश्वबिद्यालयलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यसका साथै उनको निधनले परेको अपुरणीय क्षतीप्रती विश्वबिद्यालयल अत्यन्त दुखी रहेको शोक मन्तव्यमा उल्लेख गरिएको छ । बबई बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हो ।
अग्रवालको असोज ५ मा पिसिआर परिक्षणको लागि नमुना संकलन गरी नेपालगञ्जको भेरिअस्पतालमा पठाईएको थियो । असोज ७ गते बेलुका कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । रिपोट पोजेटिभ आएलगतै उनि होम आइसोलेसनमा रहेको जनाइएको छ । असोज दश गते शनिबार १२ बजे तीर श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई भेरिअस्पताल लगिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार दिउँसो २ः३० बजेतिर उनको भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
उनी फोक्सोको क्यान्सरको बिरामी समेत रहेको बताईएको छ । अग्रवाल भर्खरै मात्र फोकसोको उपचार गराई भारतबाट फर्किएको बुजिएको छ । भारतबाट फर्किएपछि चार दिन क्वारेन्टाइनमा बसि उनको पिसि आरपरिक्षण गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।