जुम्ला – जिल्लाको तातोपानी गाउँपालिका–८ राक्से पाटनमा पहिरोमा परी सँयौं भेडा बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ बजेतिर खसेको पहिरोमा परी बेपत्ता भएकामध्ये १३ भेडा मृत फेला परेका छन् । भने ४ सयभन्दा बढी भेडा बेपत्ता रहेको उल्लेख छ ।
तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार मौसम प्रतिकूलताका कारण बेपत्ता भेडाको खोजी हुन सकेको छैन । तातोपानी–७ का सर्पराज रावलसहित ८÷९ जना किसानका भेडा पहिरोमा परेको उनले जानकारी दिए ।
घटनास्थलमा अस्थायी प्रहरी पोष्ट ताम्तीको प्रहरी टोली सहित स्थानीय खटिएका थिए । तर धेरै उचाईमा मौसममा अकस्मात आउने फेरबदलका कारण खोजीकार्य हुन सकेन । पहिरोमा परी एउटा घोडा पनि मृत भेटिएको छ । भने ८÷९ वटा घोडा बेपत्ता छन् ।