सिड्नी, अष्ट्रेलिया – एनआरएनए अष्ट्रेलियाको एनएसडब्लु राज्य समन्वय परिषद्को उप-राज्य संयोजक पदमा सुमन खत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया – न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद् (एससीसी) को २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि जुम्ला स्थायी घर भएका सुमन खत्रीले उप-राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
सामाजिक सेवामा लामो समयदेखि सक्रिय खत्रीले नेपालको सुदूरपश्चिम, मध्यपश्चिम तथा कर्णाली क्षेत्र हुँदै देशभर समाजसेवाको अभ्यासबाट प्राप्त अनुभवलाई अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको सेवामा समर्पित गर्न चाहेको बताएका छन्।
उनले भने, “हामी एक सकृय, पारदर्शी र समर्पित टिमसहित आएका छौं, जसले अनुभव र युवाको समन्वयमार्फत प्रभावकारी नेतृत्व दिन सक्षम हुनेछ।”
उम्मेदवारी घोषणासँगै सुमन खत्रीले सबै समुदायको सहभागिता र सहयोगको अपेक्षा गर्दै “हिजोका अनुभव र आजका सक्रियतासँगै हामी सबै मिलेर एक मजबुत डायस्पोरा निर्माण गरौं” भन्ने सन्देश दिएका छन् ।