सुर्खेत – कर्णालीका युवाहरुले उद्यमशिलता मैत्री नीति तर्जुमा गर्न माग गरेका छन् । तीनै तहका सरकारबिचको सहकार्य र समन्वयमा उद्यमशिलता मैत्री नीति तर्जुमा गर्नुपर्ने युवाहरुको माग छ ।
राष्ट्रिय युवा परिषद कर्णाली प्रदेशको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलनमा सहभागि युवाहरुले यस्तो बताएका हुन् । सम्मेलनमा सहभागि युवाहरुले ग्रुुप छलफल गर्दै उद्यमशीलता मार्फत् स्वरोजगारी तथा रोजगारीका अवसरहरू समेत आफै पहिचान गरेका थिए । उद्यशीलताको नेटवर्किङ विस्तार गर्दै युवाहरूलाई उद्यमी बन्न सरकारले प्रेरित गर्नुपर्ने युवाहरुको भनाइ छ ।
राष्ट्रिय युवा परिषदका सदस्य विनोद कुमार शाहीका अनुसार तीनै तहका सरकारकाबाट सञ्चालित युवा लक्षित नीति, योजना र कार्यक्रमबारे युवाहरूलाई जानकारी गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । उद्यमशीलता प्रवद्र्धनका लागि युवाहरूलाई स्टार्टअप, सहुलियतपूर्ण कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका विषयमा अभिमुखीकरण गरिएको उनले बताए ।
‘कर्णाली प्रदेशमा धेरै संभावना भएपनि युवाहरु उद्यमि बन्न सकिरहेका छैनन् । यसका लागि युवामा चासो र तीनवटै तहका सरकारले पनि लगानी बढाउनुपर्छ’ उनले भने, ‘देश राजनीति बिषयमै केन्द्रित छ । तर अब राजनीतिमा पनि युवा उद्यमिलाई अवसर दिनुपर्छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्ने जिम्मेवारी अब युवाहरुको काँधमा आईपरेको बताए । ‘यस्ता सम्मेलन र गोष्ठि धेरै हुने गरेका छन्, र भईरहेका पनि छन् तर परिणाम हेर्दा अपेक्षाकृत उपलब्धि छैन । पहिलेको तुलनामा अहिले धेरै सजिलो छ, सबै सुविधा छ’ उनले भने, ‘तर अहिलेका युवाहरु सिधै यो व्यवस्था आएको महसुश गर्छन्, यो भन्दा अघिल्लो पुस्ताले पनि धेरै योगदान गरेका छन्, तर समाज पुग्नुपर्ने गन्तव्यमा पुगेको छैन । अब युवाहरुले समाजलाई सहि गन्तव्यमा पु¥याउछुँ भन्ने आँट गर्नुपर्छ रेडिमेट सोच बनाउनुहुदैन ।’
शारीरिक श्रम गर्ने उद्यम पेशामा लागेका युवालाई समाजले सम्मान गर्नुपर्ने मुुख्यमन्त्री कँडेलले बताए । देखिएर गाउँमै कृषि पेशा गर्ने भन्दा पनि भएको जग्गा बेचेर भएपनि गाडी किन्ने, विदेश जाने भन्ने युवाहरुमा बढ्दै गएको सोच गलत रहेको उनको भनाइ छ ।
‘केही वर्ष पहिले नुनुका लागि संघर्ष गर्नुपर्ने अवस्था थियो, त्यो त अहिले अन्त्य भएको छ ? विकाससँगै यस्ता धेरै परिवर्तन आएको छ, तर युवाहरुमा नकारात्मक सोच र टिप्पणी छ, यसले नत समाज अघि बढ्छ नत व्यक्ति नै’ उनले थपे, ‘गाउँका खेतबारी बाँजो राखेर मुग्लान जाने सोच बनाउने अनि सरकारले केही गरेन भन्ने ? अँझै केहि व्यक्तिमा त सरकारी बजेट र सम्पत्तिको दुरुपयोग गर्नुपर्छ भन्ने सोच छ, त्यो हटाउनुपर्छ ।’
पछिल्लो पुस्तामा राजनीतिलाई खिसीट्युरी गर्ने चलन बढेको उनले उल्लेख गरे । तर राजनीति अरुका लागि नभई आफ्नो सम्मान र अधिकारका लागि गर्नुुपर्ने भन्दै मुुख्यमन्त्रीले युवाहरुलाई प्रष्ट पारे । उमेरले मात्रै युवा भएर केही फरक नपर्ने भन्दै व्यवहार, विचार र काम गर्ने तवरले युवा हुनुपर्ने मुुख्यमन्त्री कँडेलको भनाइ छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले युवाहरुलाई विभिन्न माध्ययमबाट उद्यमशिलतामा लगाउन मन्त्रालयले प्रयास जारी राखेको बताए । ‘चालुु आ.वमा कर्णालीका विभिन्न प्राविधिक विद्यालयसँगको सहकार्यमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन भइरहेको छ, आगामी आर्थिक वर्षमा उत्पादन प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्दैछौं’ उनले भने, ‘कर्णालीमा अरुले संभावना देख्दैगर्दा हामी आफैले संभावना नदेखेको अवस्था छ, सोच बदल्नुपर्छ संभावना देखेर मेहनत गरि लगानी गर्नुुपर्छ । म ठिक छु, मेरो व्यवस्था ठिक छ, म केही गर्नसक्छु भन्ने भावना युवाहरुमा विकास हुनुुपर्छ ।’
कर्णाली प्रदेश सभा सांसद विन्दमान बिष्टले राष्ट्रको अर्थतन्त्र, गरिबी निवारण र रोजगारी सृजनामा युवा उद्यमिको महत्वपूूर्ण भुमिका रहने बताए । उनले भने, ‘युवा उद्यमशिलता प्रवद्र्धनका लागि देशमा जे समस्या देखिएका छन् यसलाई हल गर्दै लैजानुपर्छ । तर उद्यमशिलता भन्ने शब्द हरेक नीति तथा कार्यक्रममम मिठास भर्ने शब्दको रुपमा मात्रै प्रयोग गर्ने गरियो । यसलाई उचित कार्यक्रममार्फत कार्यान्वयन गरिनुुपर्छ ।’
सरकारले रोजगारी बृद्धि गर्नेभन्दा भन्दै विविध समस्याले झन बेरोजगारी संख्या बढ्दै गएको उनले उल्लेख गरे । ‘जो असली उद्यमि छ, त्यसले राज्यको स्रोतबारे थाहा पाउदैन र अनुदान प्रयोग पनि गर्दैन । तर युवाहरुको पनि सजिलै कसरी पैंसा कमाउने भन्नेमा सोच गएको देखिन्छ । मेहनत गरेर उद्यम गर्नुपर्छ’ उनले थपे, ‘हाल उद्यमशिलताको बारेमा बजेट छुट्याईन्छ तर कार्यान्वयनमा जादाँ अर्काे अर्थ लगाएर खर्च गरिन्छ । यसले कसरी विद्यमान समस्या हल हुन्छन् ? अनि कसरी उद्यम विकास हुन्छ ।’