कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट १० मा छनौट (यसरी भयो छनौट )

सुर्खेत – कोपिला भ्याली स्कूल विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ को शीर्ष १० मा छनौट भएको छ । यो नेपालकै पहिलो र गौरवको इतिहाँस हो ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ का लागि विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको अन्तिम १० मा छनोट भएको जानकारी दिएको छ । सन् २०२२ मा कोरोना महामारीपछि सुरु गरिएको टि फोर एजुकेशनको पहलमा आधारित ५ उत्कृष्ट पुरस्कारहरूमध्ये, वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली स्कूलले उत्कृष्ट १० सूचीमा स्थान बनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष टोप बहादुर मल्लका अन्ुसार यो प्रतियोगितामा नेपालबाट कहिल्यै पनि कुनै विद्यालय अन्तिम सूचीमा परेको थिएन । यो पहिलो पटक हो । जसले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको उनको भनाइ छ ।

‘वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेशमा अवस्थित यो स्वतन्त्र गैरनाफामूलक विद्यालयले ग्रिन स्कुल क्याम्पस मार्फत वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै आएको छ’ उनले भने, विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ ।’

५ विधामा प्रदान गरिने पुरस्कारमध्ये समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा १ विज्ञ निर्णायक मण्डलले विजेता छनौट गर्ने उल्लेख छ । ५ विधाको पुरस्कारका लागि ५० अन्तिम प्रतिस्पर्धी विद्यालयहरू छनौट भएका छन् । उहीबीच कम्यूनिटि च्वाइस अवार्डको लागि सार्वजनिक मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा सन् २०२५ अक्टोबरमा गरिनेछ । कोपिला भ्याली स्कूल पनि उत्कृष्ट १० मध्ये प्रथम हुन अन्य प्रतिस्पर्धी विदालयमध्ये उत्कृष्ट भोट ल्याउनुपर्नेछ ।

विजेता र अन्तिम प्रतिस्पर्धीहरूलाई यस वर्ष नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा हने वल्ड स्कुल समिटमा आमन्त्रित गरिनेछ । जहाँ तिनीहरूले आफ्नो अनुभव नीति निर्माताहरूसँग साझा गर्नेछन् ।
विद्यालयका दिगो कार्यक्रम प्रमुख सुनिता भण्डारीका अनुसार १०० प्रतिशत विद्यार्थी जलवायु साक्षरता सहित स्नातक उतिर्ण गर्न सफल भएका छन् । भने ९५ प्रतिशत विद्यार्थी राष्ट्रिय कक्षा १० को परीक्षामा सफल भएका छन् । यस्तै ६३ प्रतिशत विद्यार्थी उच्च शिक्षातर्फ उन्मुख छन् ।

शून्य फोहोर अभियान अन्तर्गत ९१ प्रतिशत फोहोर ल्यान्डफिलबाट बचाइएको विद्यालयले जनाएको छ । यसका लागि विद्यालयले २२ स्थानीय महिला किसानहरूसँग सहकार्य गरिरहेको छ । यस विद्यालयले दैनिक ५०० भन्दा बढी विद्यार्थी र कर्मचारीलाई स्थानीय अग्र्यानिक भोजन खुवाउँदै आएको छ । जसमा ५० प्रतिशत भन्दा बढी छात्राहरू र १५० बढि विद्यार्थी साप्ताहिक बगैंचा कक्षामा सहभागी छात्राहरूद्वारा सञ्चालित लैङ्गिक समानता र मासिक धर्म स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यालयले लैङ्गिक समानता, मानसिक स्वास्थ्य, वातावरणीय शिक्षा, पुनःप्रयोग र दिगो कृषि अभ्यासमा आधारित खुला स्रोत मोडल अवलम्बन गरेको छ । जसले देशभरका शिक्षालयहरू र नीति निर्माणकर्ताहरू समेत प्रेरित गर्दै आएको विद्यालयका दिगो कार्यक्रम प्रमुख सुनिता भण्डारीले बताइन् ।

उनका अनुसार जलवायु परिवर्तन, द्वन्द्व र गरिबीका चुनौतीबीच कोपिला भ्याली स्कूल जस्ता संस्थाहरूले विश्वका शिक्षाका लागि आशाको दियो बालिरहेका छन् । यस प्रेरणादायक विद्यालयलाई ’विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५’ को अन्तिम सूचीमा परेकोमा उनले खुसी व्यक्र गरिन् ।

उनका अनुसार टि फोर एजुकेशन विश्वभरका शिक्षक र विद्यालयहरूको सबैभन्दा ठूलो डिजिटल समुदाय हो । जसले हरेक बालबालिकाले जहाँ भए पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने विश्वासमा काम गरिरहेको उनले उल्लेख गरिन् । जसमा डिजिटल प्लेटफर्ममार्फत शिक्षकहरू सञ्जाल निर्माण, सहकार्य, सफल अभ्यासको आदान–प्रदान र विद्यालयको वातावरण सुधारका लागि जोडिन्छन् । टि फोरको प्राथमिकता शिक्षकहरूको आवाजलाई विश्वसामु पुरÞ्याउनु हो । शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन उनीहरूको अनुभव, ज्ञान र प्रतिबद्धता नै सबैभन्दा महत्वपूर्ण रहेको टि फोरले जनाएको छ ।

भोट दिनका लागि लिंक क्लिक गर्नुहोस् :

https://vote.worldsbestschool.org/publicvote25/entry/2664