सुर्खेतमा मदन भण्डारी कप खुला रोड रेस प्रतियोगिता हुदै

सुर्खेत – मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा १० र ५ किलोमिटर खुला रोड रेस प्रतियोगिता हुने भएको छ । वीरेन्द्रनगरमा एकेडेमीले २४ जेठ मा ’मदन भण्डारी कप खुला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको पुरस्कार राशि १० किलोमिटर महिला÷पुरुषतर्फ प्रथम ५० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार, चौथो १५ हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, ५ किलोमिटर (यु–१८ खुला विद्यालयस्तरीय छात्र÷छात्रा कर्णाली प्रदेशका मात्र) तर्फ प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार, चौथो ५ हजार र पाँचौँलाई ३ हजार रुपैयाँ दिइनेछ । प्रतियोगितामा सहभागी दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता २४ जेठमा बिहान ७ बजेदेखि वीरेन्द्रनगरस्थित घण्टाघरबाट सुरु हुनेछ ।

’सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोट्र्स एकेडेमीले स्थापनाकालदेखि स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न विधामा खेल प्रतियोगिता, तालिम, प्रशिक्षणसँगै खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सक्रियताका साथ खेल गतिविधि गरिरहेको एकेडेमीका कार्यक्रम संयोजक तेजबिक्रम बस्नेतले बताए । कर्णालीमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको तयारीकै रूपमा प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।