सुर्खेत – कर्णाली प्रदेशका प्रमुख एक महिना लामो उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहने छन् । सोही अवधिका लागि मियाँले जिम्मेवारी पाएका हुन ।
मियाँले जिम्मेवारी लिएसँगै नेपाल मुस्लिम आयोगले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन् ।