वर्षासंगै आएको बाढीले कर्णालीमा ठुलो क्षति

सुर्खेत – बिहीबार वर्षासंगै आएको बाढीले कर्णालीका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

हुम्लामा विहान वर्षासँगै आएको बाढीले घर, पसल लगायतका संरचनाहरुमा क्षति पु¥याएको छ ।

हिउँदे बालीनालीमा समेत क्षति पुगेको छ । बाढीले अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगरमा क्षति पु¥याएको छ ।

पछिल्लो विवरण अनुसार यहाँको २ र ३ नम्बर वडाका २३ वटा भौतिक संरचनामा क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

केही पसल, केही घर तथा विद्यालय र बाख्राको गोठमा समेत क्षति भएको उनको भनाई छ । दुई वटा घरहरु पुर्ण रुपमा भत्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयल रातोपाटीलाई बताए ।

स्थानीय व्यापारीहरुको पसलमा समेत क्षति भएको उनको भनाई छ ।
यस्तै वर्षासंगै आएको बाढीका कारण वडा नम्बर ३ धर्मबहादुर बुढाका २७ बाख्रा मरेका छन् ।

यस्तै एउटा विद्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ भने खाद्य संस्थानको डिपोमा पनि बाढी पसेर एक सय भन्दा बढी चामलको बोरामा क्षति पुगेको छ।

वर्षाले हुम्ला सहति मुगु जिल्लाको दक्षिण क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । अहिले भने स्थिती सामान्य बनेको छ ।

यता मुगुको सोरु गाउँपालिका ३ भिडी भन्ने ठाउँमा तिनकोठे गोठ भत्किएको छ । ७५ वटा घरधुरी रहेको उक्त गाउँका किसानले लगाएको कोदोमा क्षति भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए । क्षतिबारे कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जानकारी लिएका छन् ।