जुम्ला – हिंसा पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि ‘दिमा आमा घर’ संचालनमा आएको छ ।
घरेलु हिंसा, लैंगिक हिंसा तथा अन्य प्रकारका हिंसाका घटनाबाट प्रभावित महिलाहरूलाई आश्रय सहित मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले दिमा आमा घर संचालन गरिएको हो ।
‘दिमा आमा घर’ अब स्थापना भएसँगै हिंसा पीडिताका लागि सुरक्षित बसोबास र पुनस्र्थापनाको विकल्प बनेको संस्थाका अध्यक्ष दिलमाया शाहीले बताइन् । ‘जुम्ला लगायत कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणी, बहुविवाह लगायतका घटनाहरू व्यापक रूपमा देखिने गरेका छन्’ उनले भनिन्, ‘यस्ता घटनाबाट पीडित भएका महिलाहरूको लागि तत्काल सुरक्षित आश्रयको अभाव छ थियो । अब सहज हुनेछ ।’
हरेका हिंसा पीडितको मुद्दामा राजनितिकरण हुनेगरेको भन्दै दिमा आमा घर पिडित मैत्री बन्ने उनको भनाइ छ । यो आमा घर कार्यालय ७ जना घरेलु हिंसा पिडित महिलाहरुले स्थापना गरेका हुन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो । ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्था उद्धघाटन गरिएको छ । दिमा आमाघर नामक संस्थाले आराम कक्ष ३ वटा, १ भान्सा र १ कोठा कार्यालयका रुपमा संचालन गरेको छ ।
संस्थाका अध्यक्ष शाहीले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफुँसँग जोडिएका ७ जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शशक्तिकरणका लागि दिमाआमा घर स्थापना गरिएको बताइन् ।
उनका अनुसार हिंसा पीडित महिला मुद्दा लड्न सदरमुकाम आउदा आमा घर सुरक्षित आवास हुनेछ । बलात्कारमा परेका, आमा बाबु गुमाई असाय भएका छोरीहरुलाई आश्रय सहित न्यायको पैरवि गर्ने र स्वास्थ्य उपचारमा सघाउने लक्ष्य छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घरको रुपमा रहने बताए । उनले यस कार्यमा एक्लै नभई सवैको सहकार्य आवश्यक रहेको बताए । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले प्रशंसनिय काम भएको भन्दै आमा घरको लागी पालिकाले सहयोग गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले हिंसा पीडित महिला र बालबालिकाको लागि अब आमा घरको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । हिंसा पीडितहरूको पुनस्र्थापनाका लागि स्थानीय सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।