सुर्खेतका ब्लड क्यान्सर पीडित रोशनलाई बचाउन अपिल

सुर्खेत – ‘घरको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । घरमा बिहान बेलुका छाक टार्न हम्येहम्ये परिरहेका बेला मेरो छोरा अस्पतालको बेडमा चिच्याईरहेको छ’ वीरेन्द्रनगर–११ का रामप्रसाद पोख्रेलले भने, ‘म आफैमा बेरोजगार छुँ । अब मैले परिवारको भोको पेट भरौं कि ? अस्पतालको बेडमा चिच्याइरहेको छोरालाई बचाउँ ? हे. भगवान, बरु हामी भोकै बसौंला तर छोरोलाई बचाइदिनुहोुस् ।’

रामप्रसादका छोरा १८ वर्षका रोशन पोख्रेल हाल ब्लड क्यान्सरले थला परेका छन् । कक्षा १२ मा अध्ययनरत रोशनको जीवन बचाइदिन परिवारजनको अपिल छ । सबैबाट आर्थिक सहयोग भए रोशनले नयाँ जीवन पाउने आशा छ ।

हाल रोशन काठमाडौँको निजामती कर्मचारी अस्पतालको, हेमाटोलोजी वार्ड, बेड नम्बर २३९ मा उपचाररत छन् । चिकित्सकको सल्लाह अनुसार उनलाई निरन्तर अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ । तर उपचार अत्यन्त महँगो भएकोले आफुुले आर्थिक रूपमा धान्न गाह्रो भइसकेको रोशनका बुवा रामप्रसादको भनाइ छ ।

‘मेरो परिवार अहिले ठूलो संकटमा छ । मेरो आर्थिक अवस्थाले अब रोशननलाई बचाउन सक्ने स्थिती छैन’ उनले भने, ‘यस कठिन परिस्थितिमा म सबै सहयोगी दाताहरु समक्ष आर्थिक सहयोगको लागि विनम्र अनुरोध गर्दछु । तपाईहरुको सानो सहयोगले मेरो छोरालाई नयाँ जीवन दिन सक्छ । कृपया सकेको सहयोग गरी रोशनको जीवन बचाइदिनुहोस् ।’

वीरेन्द्रनगर नगरपालिका–११ नम्बर वडा कार्यालय पिपिरा, सुर्खेत पनि रोशनको उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनहुन सिफारिस गरेको छ । वडाध्यक्ष खिमलाल देवकोटाले सिफारिस गरेको पत्रमा भनिएको छ, ‘रोशन पोख्रेल लाई व्लड क्यान्सर भइ निजामति कर्मचारी अस्पतालमा उपचाररत छन् । निजको घरको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएको हुदा निजको उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनहुन सिफारिस साथ अनुरोध छ ।’
रोशनको जीवन बचाउन सहयोगका लागि उनका बुवा रामप्रसाद पोख्रेलको नाममा ग्लोवल आइएमइ बैंकको खाता नम्बर ३१५०७०१०००८१४४, ईसेवा नम्बर ९८६३५०५९१९ र मोबाइल नम्बर ९८१०५४२५८३ रहेको छ ।

सहयोग गर्न सकिने खाताहरुः

eSewa: 9863505919 (RAM PRASAD POKHREL)

Global IME Bank: 31507010008144 (RAM PRASAD POKHREL)

Registered Mobile Number: 9810542583 (RAM PRASAD POKHREL)