रैथाने परिकार प्रर्वद्धन गर्न सडकमै खाना महोत्सव

सुर्खेत – रैथाने बालीका परिकारलाई प्रर्वद्धन गर्न सुुर्खेतमा सडकमै खाना महोत्सव गरिएको छ । प्रांगारिक तथा रैथाने बाली दिवसको अवसरमा कर्णालीमा पहिलो पटक सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

कर्णाली प्रदेश भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित १९ वटा कार्यालय प्रर्वद्धक रहेको सडक खाना महोत्सवको आयोजना होटल व्यवसायी महासंघ सुर्खेतले गरेको हो । महोत्सव २ दिन संचालन हुुनेछ । मंगलबारदेखि सुुरु भएको खाना महोत्सवको उद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गरेका हुन् ।

महोत्सवमा कर्णालीका १० वटै जिल्लाको प्रतिनिधित्व गर्नेगरी फरक फरक प्रकारका खानाका परिकार तथा खाद्यन्न बाली र कर्णालीमै उत्पादन भएका खरायोको टोपी लगाएत स्टल राखिएका छन् । महोत्सव अवलोकन गर्दै सर्वसाधारण नागरिकदेखि कर्णालीका मुख्यमन्त्री र प्रदेश सभा सांसदहरुले रैथाने बालीका खाद्य परिकार खाएका थिए ।

अवलोकनपछि बोल्दै मुख्यमन्त्री कँडेलले आगामी दिनमा पनि यस्ता महोत्सवलाई निरन्तरता दिन आवश्यक रहेको बताए । ‘यस्ता महोत्सवका बेला रैथाने बालीका परिकारबारे चर्चा र चहलपहल हुन्छ । महोत्सव सकिए सुनसान हुने चलन छ’ उनले भने, ‘यस्ता रैथाने बाली उत्पादनसँगै खाद्य परिकारबारे चर्चा हुन जरुरी छ । यसलाई सँधै निरन्तरता दिनुपर्छ ।’

कृषिमा लगानी गर्ने संस्था र विज्ञ बढेपनि रैथाने उत्पादन भने बढ्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । सरकारी लगानी वास्तविक किसानमा नपुग्ने र कागजमा सिमित पहुँच भएका किसानमा लगानी जाने चलन विस्तारै अन्त्य हुदै गएको उनले उल्लेख गरे ।

‘हिजो गरिबले खाने भनिएका रैथाने चिज समय परिस्थिती बदलिएसँगै त्यहि चिज गरिबलाई खान मुस्किल परेको छ’ उनले थपे, ‘यस्ता स्वास्थ प्रदायक रैथाने खानेकुराको उत्पादन बढाऔं र उपभोग गरौं । अब डोकोमा बेच्ने गरी होईन ट्रकमा निर्यात गर्नेगरी उत्पादन लागनुहोस् । प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।’

कर्णाली सरकारका भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले कर्णालीका उत्पादन निर्यात हुनेक्रम बढेको भन्दै सोचेअनुसार प्रगति हुन नसकेको स्विकार्य । पछिल्लो समय अर्गानिक वस्तुको माग बढिरहेको भन्दै प्रदेश सरकारले रैथाने बालीमा लगानी बढाएको उनले बताए ।
मन्त्रालयका प्रवक्ता धन बहादृुर कठायतले स्वदेशी तथा विदेशी बजारमा रैथाने बालीको माग बढिरहेको उल्लेख गर्दै हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कर्णालीको अर्गानिक उत्पादनबारे छलफल चलेको जानकारी दिए ।

‘रैथाने बालीका परिकार प्रर्वद्धनहोस् र हरेक होटलका खानाको मेन्युमा रैथाने परिकार राख्न ध्यान जाओस् भन्ने हेतुुले नीजी क्षेत्रलाई प्रोत्साहन गरी महोत्सव आयोजक बनाईएको छ’ उनले भने, ‘संभव भएसम्म अर्काे वर्ष पोखरा लगाएतका बाह्य सहरमा पनि यस्ता महोत्सव गर्ने योजना छ ।’
महोत्सवमा रैथाने बाली मार्सी चामल, कोदो, चिनो, फापर, गहँुु, सिमि, मकै, उवा लगाएत बालीबाट बन्ने विभिन्न परिकारका स्टल राखिएका छन् । महोत्सवमा रैथाने खाद्यन्न बाली र बीउका पनि स्टल रहेका छन् ।

तातोपानी गाउँपालिका ४ जुम्लास्थित हाँकु सामुदायिक बीउ बैंकले राखेको स्टलमा विभिन्न रैथाने बालीका बीउ प्रर्दशनी गरिएको छ । बीउ बैंककी अध्यक्ष कविता जैशीका अनुसार स्टलमा ४० प्रकारका रैथाने बीउ राखिएको छ ।

‘बैंकमा १७ बाली अन्तर्गत ६० जातको बीउ राखेका छौं । त्यो बीउ जुम्लामै खपत हुन्छ’ उनले भनिन्, ‘तर जुुम्लामा उत्पादन हुने बीउ कतिपय अन्य जिल्लामा उप्तादन नहुुने भएकाले खाद्यन्नको रुपमा जिल्ला बाहिर निर्यात हुनेक्रम बढेको छ ।’

उनका अनुसार लिवर्ड संस्थाको प्राविधिक सहयोग र सामाग्री सहयोगमा समूूहका १२७ जना किसानले रैथाने बीउसँगै खाद्यन्न बाली उत्पादन गरिरहेका छन् । हाँकु सामुदायिक बीउ बैंकले प्रत्येक सिजनमा ४÷५ लाखको बीउ खरिदबिक्रि गर्ने गरेको छ ।

तातोपानी गाउँ पालिकामा रहेका १० विद्यालयलाई हाँकु सामुदायिक बीउ बैंकले दिवा खाजा स्वरुप खाद्यान्न बिक्रि गर्दै आएको छ । जसमा ९ प्रकारका खाद्यन्न बाली रहेका छन् । स्थानीय खाद्यमा आधारित खाना खुुवाउने सहमति अनुसार गाउँपालिका र विश्व खाद्य कार्यक्रमको सम्झौता अनुसार बीउ बैंकले खाद्यन्न उपलब्ध गराउँदै आएको अध्यक्ष जैशीको भनाइ छ ।