बर्दियामा कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया­ – कोरोना भाइरस (कोभिड–१९) बाट बर्दियाको गुलरिया नगरपालिका–७ का ५० वर्षका पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार दिउँसो २ः२५ बजेतिर उनको भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
मृतक बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रेस नोटमा जानकारी गराइएको छ ।
उनी २ वर्ष अघि फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए । योसँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।