काठमाडौँ – गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमण चिसो मौसम सुरु भएसँगै घट्न थालेको छ । चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै रहने विज्ञहरू बताउँछन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार मंसिर ३ गतेसम्म नेपालमा कुल ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसमध्ये १३ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । देशका ७७ जिल्लामध्ये हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
जबकि गत वर्ष पुसको दोस्रो सातादेखि कार्तिक ५ गतेसम्म डेंगु सङ्क्रमितको संख्या २२ हजार ८२ थियो । करिब एक महिनापछि अर्थात् मंसिर ३ गते यो संख्यामा १० हजार ६१८ थपिएर ३२ हजार ७०० पुगेको हो । कार्तिक ५ गतेसम्म ११ जनाको मृत्यु भइसकेको थियो भने मंसिर ३ गतेसम्म थप दुई जनाको मृत्यु भइ कुल मृतक संख्या १३ पुगेको छ ।
ईडीसीडीका अनुसार असोज ६ गतेसम्ममा १२ हजार ६४४ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । कार्तिक ५ गतेसम्म आइपुग्दा ९ हजार ४३८ जना डेंगु सङ्क्रमित थपिए भने थप ५ जनाको मृत्यु भइ कुल मृतक संख्या ११ जना पुग्यो ।
महिना दिनमा डेंगु सङ्क्रमितको संख्या खासै घटेको नदेखिए पनि चिसो बढ्दै जाँदा सङ्क्रमण घट्दै जाने चिकित्सक बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार तत्काल डेंगु सङ्क्रमण उल्लेख्य रूपमा घटेको छैन । तर अबको एक वा दुई सातापछि सङ्क्रमण घट्ने उनको भनाइ छ ।
तीन वर्ष यता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । त्यसो त, डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग रहेको पाइएको सरकारी अधिकारी बताउँछन् । अन्य रोग रहेका डेंगु सङ्क्रमितको मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ ।
‘डेंगु सङ्क्रमण अबको एक वा दुई सातापछि घट्ला,’ उनले भने, ‘डेंगु सङ्क्रमण घटे पनि जोखिम कायम नै रहन्छ । आगामी दिनमा डेंगु सङ्क्रमणमा चुनौती पनि थपिन सक्छ, किनकि हामीले डेंगु नियन्त्रण गर्न सिकेका छैनौँ ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। विमल शर्मा चालिसे भने डेंगुको सङ्क्रमण घटेसँगै जोखिम पनि घट्ने अनुमान लगाउँछन् । डा।चालिसेका अनुसार नेपालको परिप्रेक्ष्यमा जेठ, असारदेखि लामखुट्टेको वृद्धि हुने र कार्तिक–मंसिर लागेपछि कम हुँदै जाने देखिएको छ ।
‘चिसो याममा डेंगुको सङ्क्रमण घट्छ । सङ्क्रमण घटेपछि जोखिम पनि घट्छ नै,’ उनले रातोपाटीसँग भने, ‘गर्मी सुरु भएपछि फेरि डेंगु फैलिने र जोखिम बढ्ने गर्दछ ।’
नेपालमा यो वर्ष गत वर्षको तुलनामा सङ्क्रमित संख्या न्यून देखिन्छ । तर मृतकको संख्या भने खासै घटेको देखिँदैन । अघिल्लो वर्ष जनवरीदेखि डिसेम्बरमा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का प्रमुख डा। यदुचन्द्र घिमिरेले गत वर्ष करिब ५० हजार जना डेंगुबाट प्रभावित भएको र उनीहरूलाई दोहोरिएर सङ्क्रमण हुने सम्भावना नहुने भएकाले सङ्क्रमण घट्ने अनुमान लगाए ।
सन् २०२४ को हालसम्मको तथ्यांक अनुसार ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । यस्तै, गत वर्ष सन् सन् २०२३ मा ५१ हजार २४३ जना सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको थियो । सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण हुँदा ८८ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।
‘गत वर्ष धेरै जना डेंगुबाट प्रभावित भएका थिए,’ उनले रातोपाटीसँग भने, ‘एक पटक डेंगु प्रभावित भइसकेपछि पुनः दोहोरिने सम्भावना एकदमै कम हुन्छ । ती व्यक्तिले डेंगुसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता विकास गरिसकेका हुन्छन् ।’
तीन वर्ष यता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । त्यसो त, डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग रहेको पाइएको सरकारी अधिकारी बताउँछन् । अन्य रोग रहेका डेंगु सङ्क्रमितको मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ । तर, डेंगुमात्र लागेको बिरामीको मृत्यु न्यून रहेको उनीहरूको दाबी छ ।
सन् २०२४ को हालसम्मको तथ्यांक अनुसार ३२ हजार ७०० जनामा डेंगु सङ्क्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । यस्तै, गत वर्ष सन् सन् २०२३ मा ५१ हजार २४३ जना सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको थियो । सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण हुँदा ८८ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । – nepalkhabar