सुर्खेत – कणाली प्रदेश राजधानी वीरेन्द्रनगर स्थित सिटिहलको प्राङ्गणमा विहिबार बृहत सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित सांगितिक कार्यक्रममा कर्णालीको लोक, संस्कृति सम्बन्धि विभिन्न प्रस्तुति देखाउँदै भव्य रुपमा सम्पन्न भएको हो ।
यो कार्यक्रमले आगामि दिनमा कर्णालीको लोक, संस्कृति संरक्षणमा थप टेवा पु¥र्याउने निश्चित छ । पछिल्लो समयमा कर्णालीका ऊर्जाशील युवाको विदेश पलायन तथा मौलिक कला, संस्कृति लोपोन्मुख अवस्थामा पुगेको बेला यस्ता कार्यक्रम आवश्यक थिए ।
सो क्ुरालाई मध्यनजर गर्दै कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि युवालय संस्थाले पहल थालेको छ । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत विहिबार वीरेन्द्रनगरमा मौलिक बाजा, कला र सांस्कृतिक प्रस्तुतिसहित उक्त सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको परियोजना संयोजक पुजा कार्कीले बताइन् ।
उनका अनुसार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत सांगितिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कविराज गिरीले देशप्रेमी गित गाउँदै सांगितिक प्रस्तुतिको सुरुवात गरेका थिए ।
युवालयको सहयात्रा परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरू सबैसामु प्रस्तुत गरिएको थियो । लोक संस्कृति जगेना गर्ने भनि चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडा लगाएतका दर्जन बढि नृत्य प्रदर्शन गरेका थिए । साथै संगितको कक्षामा सिकिरहेका युवाहरुले पञ्चेबाजा (झ्याली, कनाल, सहनाई, दमाहा) पनि बजाएर सबै साम् प्रस्तु्त गरेर दर्शको तारिफ पाएका थिए ।
कार्यक्रममा सहभागीहरु कर्णालीको लोक, कला र मौलिक संस्कृति सम्बन्धि विभिन्न प्रस्तुति हेर्न पाउँदा खुसी देखिन्थ्ये । पछिल्लो समय हराउँदै गएका विभिन्न लोक, कला र मौलिक संस्कृति झल्किने नृत्य तथा अभिनय हेरेर दर्शकहरुले मज्जा लिएका हुन् ।
कार्यक्रमको उद्घाटनमा बोल्दै युवालयका कार्यकारी निर्देशक संजीव अधिकारीले युवाहरूले सिकेका कला कार्यक्रम मार्फत आम नागरिकका सामु प्रदर्शन गर्न पाउँदा उनीहरुमा आत्मबल बढेको बातए । यो कार्यक्रमबाट कर्णालीको मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि युवाको भुमिकालाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्ने सिकाइ भएको उनी बताउँछन् ।
मौलिक कला र संस्कृति संरक्षणसँगै आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन समेत सहज हुने उनको भनाइ छ । किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको सस्था युवालय कर्णालीमा कला, संस्कृति संरक्षणमा लागेपछि स्थानीयले संस्थालाई समेत धन्यबाद व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै अक्स्फाम नेपालकी लैंगिक न्याय फोकल पर्शन सृष्टि ढकालले संस्थाले विगत ४० वर्षयता नेपालमा सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको अवगत गराउँदै युवालय र प्रतिष्ठानसँग सहकार्य गरेर कर्णालीको कला, संस्कृति संरक्षण क्षेत्रमा पनि काम गर्न पाउनु गौरवको कुरा रहेको बताइन् । आगामि दिनमा पनि कर्णालीको कला र संस्कृति संरक्षण अभियानमा संस्थाले सँधै समन्वय र सहकार्य गर्ने उनको भनाइ छ ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य असोकनाथ योगीले कर्णाली खष भाषा, सभ्यता, कला र संस्कृतिको उद्गम स्थल रहेको दावी गर्दै मौलिक कला, संस्कृति बचाउनुपर्ने बताए । ‘मौलिक कला र संस्कृति हराउनु कर्णालीवासीको परिचय पनि गुम्नु हो, यसलाई संरक्षण गर्नु्पर्छ’ उनले भने, ‘युवालयले थालेको कला, संस्कृति संरक्षण अभियान अत्यन्तै सहरायिन छ । यस्ता कार्यक्रम अरुले पनि सिको गर्नुपर्छ । मौलिक कला र संस्कृति संरक्षणसँगै पुस्तान्त्रणको कामलाई पनि अघि बढाउनुपर्छ ।’
कर्णाली विकासका दृष्टिकोणमा पछि परेपनि मौलिक कला र संस्कृतिमा धनि रहेको योगीको भनाइ छ । कर्णालीका दश वटै जिल्लामा फरक फरक मौलिक भेषभ्षा र कला, संस्कृति रहेको उल्लेख गर्दै यसलाई संरक्षण गरेर विश्वसामु प्रस्तुत गर्नुपर्ने उनले बताए ।
‘कर्णालीको कला, संस्कृति संरक्षणसँगै गरिबी निवारणको क्षेत्रमा पनि काम गर्नुपर्ने अवस्था छ । यसमा सबै निकायको ध्यान जान जरुरी छ’ उनले थपे, ‘कर्णालीको मौलिक कला, संस्कृति संरक्षण र प्रर्दशन गर्नेहो भने बैदेशिक रोजगारीमा जाने युवालाई समेत यही पेशामा लगाएर मनग्य आम्दानी गराउन सकिन्छ ।’
हाल युवालयले, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केहि पालिकाहररुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए । यसै अन्तर्गत “युवासँगको हाम्रो सहयात्रा “परियोजना कणालीको दैलेख (भगवतीमाई गाँउपालिका र दुईश्वर गांउपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदुरपश्चिमको चम्कीचुहा नगरपालिकामा सञ्चालन भइरहेको छ ।
यस परियोजनाले विशेषगरी स्थानीयस्तरमा रहेका मौलिक तथा लोक संस्कृति जगेनां गर्दै युवाहरूलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउन युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । जसका लागि स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाहरु लगायतसंग समन्वय तथा सहकार्य गर्दै विभिन्न मौलिक बाजा, संगित एवम् नृत्यहरूमा युवाहरूलाई अग्रसर गराउन सो सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस परियोजनालाई कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोग रहेको छ । युवाहरूको नयाँ र उदायमान सवालमा उनीहरूलाई चासो उत्सुकता जगाउने, युवाहरूका मुद्धालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र युवालाइ सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने एक गैह्र सरकारी संस्था हो । युवा विकास गतिविधि र मुद्धाहरूलाई युवालयले प्रमुख दायित्वका रुपमा लिएर अगाडी बढिरहेको छ ।