काठमाडौं – हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन् ।
आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी २० आई म्याच खेलेका छन् । टी(२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी-२०आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गरेका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।
बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी(२० आईमा डेब्यु गरेका थिए ।
पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।
बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।
बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुद भएको मानेको छु,’ प्रशिक्षक मल्लले भने । ‘उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ ।’
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।
कर्णाली टिममा राष्ट्रिय टिमका सदस्य गुल्शन झा सहित देव खनाल, भुवन कार्की, रित गौतम, मौसम ढकाल, नन्दन यादव, दीपक डुम्रे जस्ता खेलाडी छन् ।
यस्तै कर्णालीकै स्थानीय खेलाडी अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरी पनि टिममा छन् ।